दल

भूकम्प पीडितलाई अस्थायी घर बनाउन दिने रकम बिना झन्झट एकमुष्ट दिनुपर्छ : गगन थापा

इकागज |
मंसिर १४, २०८० बिहीबार ११:४९ बजे

फाइल तस्बिर

काठमाडौँ - काँग्रेस महामन्त्री गगन थापाले भूकम्प पीडितलाई अस्थायी घर बनाउन दिने रकम बिना झन्झट एकमुष्ट दिनुपर्ने बताएका छन् । उनले भुक्तानी प्रक्रिया अनावश्यक झन्झटिलो भएमा समयमा घर नबन्ने भएकाले एकमुष्ट रकम दिनुपर्ने बताएका हुन् । 

उनले भने, 'यदि डर रकम दुरुपयोगको हो भने पनि त्यसको हिसाबकिताब, पछाडि स्थायी आवास निर्माण र पुनर्निर्माणको क्रममा गर्न सकिन्छ तर अहिलेको भुक्तानी  प्रक्रिया अनावश्यक रूपमा झन्झटिलो भयो भने उपयुक्त समय भित्र अस्थायी घर नबन्ने सम्भावना रहन्छ।'


सामाजिक सञ्जाल एक्समा लेख्दै थापाले यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर जानकारी समेत गराएको बताए । 'प्रधानमन्त्री ज्युले पनि यही अनुसार बन्दोबस्त गर्ने विश्वास दिलाउनु भएको छ', उनले भने । 

बुधबार नेपाली कांग्रेसका नेताहरूको बैठकले सरकारले अस्थायी आवास निर्माणका लागि दिने भनेको पचास हजार रुपैयाँ रकम एकै किस्तामा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । 


Author

थप समाचार
x