पार्टी पदाधिकारीमा महिलाको सङ्ख्याबारे महासमितिमा कुरा उठाउँछौं : सांसद राणा
काठमाडौँ- नेपाली कांग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति डा. आरजु राणा देउवाले पार्टीको महासमिति बैठकमा पार्टीमा महिला पदाधिकारीको बारेमा आवाज उठाउने बताएकी छिन् । बिहीबार काठमाडौँमा आयोजित नेपालको राजनीतिमा महिला नेतृत्वकर्ताहरूको रूपान्तरित नेतृत्व परियोजना विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
सांसद राणाले महिलालाई पार्टीदेखि सबै तहमा ३३ प्रतिशत अधिकार दिनुपर्ने कुरा आफूहरूले केन्द्रीय समितिमा राखिसकेको र पार्टीका आसन्न महासमिति बैठकमा पनि राख्ने जिकिर गरिन् । उनले पार्टीको पदाधिकारीमा सहमहामन्त्री पदमा एक जना मात्रै महिला राखेको र उपसभापति, महामन्त्रीमा नराखिएको प्रति असन्तुष्टि जनाइन् ।
उनले पार्टीका विभागहरूमा महिलालाई ३३ प्रतिशत अधिकार र नेतृत्व नदिइएको प्रति पनि असन्तुष्टि जनाइन् । उनले आफूहरू पार्टीका विभागहरू भोट हाल्न मात्रै बसेको हो ? भन्दै प्रश्न समेत गरिन् । उनले संविधान नै संशोधन गरेर भए पनि ३३ प्रतिशत महिलाको अधिकार हरेक ठाउँमा दिनुपर्ने बताइन् । उनले ३३ प्रतिशत महिलाको अधिकारबाट प्रत्यक्ष चुनाव लड्ने ठाउँ अब बनाउनैपर्ने बताइन् ।
सांसद राणाले सबै ठाउँमा महिला-महिलाबीच प्रतिष्पर्धा गर्ने स्थान हुनुपर्ने बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया