डडेल्धुरा पुगेर ओलीले भने- यो सरकार हाम्रो पदयात्रा नसकिँदै ढल्न सक्छ
फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चाँडै ढल्ने दाबी गरेका छन् ।
डडेल्धुरामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्ने दाबी गरेका हुन् ।
‘यो सरकार ढाल्नै पर्दैन, यो त आफै ढल्दैछ, यो अहिले नै हल्लिरहेको छ,’ सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘यो कुनै खुट्टा भएको सरकार होइन, यो गठबन्धनहरूको छेस्कनो लगाएको सरकार हो, हाम्रो पदयात्रा नसकिँदै यो सरकार ढलिसकेको हुनसक्छ, कुनै भर छैन् ।’
उनले प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसलाई प्रचण्ड पथमा हिँडाएको पनि आरोप लगाएका छन् । ‘यो सरकार प्रचण्ड पथमा लागेको छ । आफनै मान्छे थुनिएको छ, हो होइन अदालतले भन्ला तर सत्तामा रहेको दलहरू प्रचण्ड पथतर्फ गइरहेका छन् ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया