दल

सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई बचाइराख्नु आजको आवश्यकता : ओली

इकागज |
मंसिर १५, २०८० शुक्रबार १४:८ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई बचाइराख्नु आजको आवश्यकता भएको बताएका छन् ।

शुक्रबार पार्टीको महाकाली-मेची अभियानका क्रममा डडेलधुराको अमरगढीमा अमरसिंह थापाको सालिकमा माल्यार्पण र फूल अर्पण गर्दै उनले यस्तो बताएका हुन् । उनले अमरसिंह थापा जस्ता योद्धाहरूले लडेर बनाएको देशको सार्वभौमसत्ता, स्वाधीनता र स्वतन्त्रताका साथै यसको भौगोलिक अखण्डतालाई बचाएर समृद्ध नेपाल र सुखी नेपालीतिर अघि बढ्नुपर्ने जिकिर गरे । हरेक नागरिकले आफूभन्दा पहिला देश सोच्नुपर्ने उनकाे भनाइ छ ।


अध्यक्ष ओलीले अमरसिंह थापा सबै नेपालीका निम्ति आदरणीय रहेको बताए । 


Author

थप समाचार
x