दल

डोटीमा ओलीले भने : प्रचण्ड माकुने षडयन्त्र हुँदा पनि पार्टी सिद्धिएन

इकागज |
मंसिर १५, २०८० शुक्रबार १८:२१ बजे

डोटी- नेकपाका एमाले अध्यक्ष केपी शर्माले पार्टीभित्र अनेक प्रकारको षडयन्त्र हुँदा पनि पार्टी जोडिएको बताएका छन् ।

मध्य पहाडी लोक मार्ग पदयात्राका क्रममा डोटीमा आयोजित आम सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले पार्टी जोगाएको भन्दै कार्यकर्ताहरूलाई धन्यवाद दिएका थिए । 


‘प्रचण्डका षडयन्त्र भए, माकुनेका षडयन्त्र भए, अरू षडयन्त्र पनि भए, ती सबै षडयन्त्रलाई परास्त गरेर तपाईंहरूले पार्टी जोगाउनु भएको छ, पार्टी फेरि पहिलेकै ठाउँमै आएको छ । देशी विदेशी सारा शक्ति पार्टीलाई सिद्धाउन लाग्दा पनि पार्टी सकिएन,’ ओलीले भने,  ‘तपाईं, सबैलाई धन्यवाद ।’

पछिल्लो समय  हिंसा भड्काउने काम भइरहेको ओलीको भनाइ थियो । देशलाई अगाडि बढाउने संकल्पका साथ सङ्कल्प यात्रा सुरु गरिएको उनले बताए । ओलीले लम्पी स्किन रोगमा सरकारले ढिलासुस्ती गरेको आरोप लगाए । उनले सरकार धेरै समय टिक्न नसक्ने जनाए ।

‘यो सरकार कति चल्छ र यो सरकार मक्किएको धोद्रो परेको सरकार हो । यस्तै अवस्था देशमा रहँदैन,’ उनले भने । 

ओलीले पार्टी नेता कार्यकर्ताहरूलाई एक भएर काम गर्न निर्देशन दिएका थिए ।


Author

थप समाचार
x