दल

प्रतिगमनकाे कुरा गर्नेहरू देशद्रोही हुन् : केपी ओली

इकागज |
मंसिर १७, २०८० आइतबार १७:४५ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनकाे कुरा गर्नेहरू देशद्रोही भएको बताएका छन् ।

एमालेले सुरु गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अन्तरगत आइतबार दैलेखको राकम कर्णालीमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोही प्रतिगमनतर्फ फर्कने कुरा गर्ने र सोच्नेहरू देशद्रोही र लोकतन्त्रविरोधी भएको बताएका हुन् ।


ओलीले लोकतान्त्रिक गणतन्त्रको विरोधमा बोल्नेहरू नेपाल र नेपालीको हितविपरीत भएको जिकिर गरे । उनले विभिन्न प्रकारका भ्रमहरू फैलाएर मुलुकको एकता बिथोल्न खोज्नेहरूप्रति सजक रहनुपर्ने र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताए ।

ओलीले वर्तमान गठबन्धनको सरकार आएपछि मुलुकको विकास अवरुद्ध भएका कारण व्यवस्थामाथि प्रश्न उठ्न थालेको तर्क गरे । उनले एमाले सरकार हटेपछि देशमा अराजकता छाएकाले अब एमालेको एकल सरकार आवश्यक रहेको बताए ।

ओलीले एमालेले मात्रै देशको विकास गर्न सक्ने र मुलुक विकासको बाटोतर्फ अघि बढाउन सक्ने जिकिर गरे । 


Author

थप समाचार
x