के कारण देखाएर सार्दैछ एकीकृत समाजवादीले महाधिवेशन ?
फाइल तस्बिर
काठमाडौँ- नेकपा एकीकृत समाजवादीको यसअघि तोकिएको महाधिवेशन सर्ने भएको छ ।
पार्टी कार्यालय आलोकनगरमा जारी सचिवालय बैठकमा तयारी नपुगेको तथा राष्ट्रियसभा निर्वाचनको कारण देखाउँदै यसअघि तय भएको महाधिवेशन सार्ने भएको हो ।
जसका लागि बैठक बिहान ११ बजे बोलाइएको प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिएका थिए ।
एकीकृत समाजवादीको गत भदौ ५, ६ र ७ गते ललितपुरमा बसेको केन्द्रीय कमिटीको बैठकले माघ १४–१८ गते महाधिवेशन गर्ने निर्णय लिएको थियो । तर, जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनको मिति सार्ने प्रस्ताव पेश गर्ने बुझिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया