एनसेलको शेयर खरिदबिक्रीमाथि बाबुरामको प्रश्न : कर छल्नकै निम्ति यो नाटक गरिएको हो ?
फाइल तस्बिर
काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले एनसेलको शेयर खरिदबिक्रीमाथि प्रश्न उठाएका छन् । सोमबार भट्टराईले ट्वीट गर्दै एनसेलको शेयर खरिदबिक्रीमाथि प्रश्न उठाएका हुन् ।
एनसेलको शेयर खरिदबिक्री प्रकरणले प्रथम दृष्टिमै दालमा केही कालो भएको संकेत गर्छ र नेपालमा वैदेशिक लगानीका गम्भीर समस्या उजागर गर्ने भट्टराईले ट्वीटमा उल्लेख गरेका छन् ।
'यदि साँच्चै नै कुनै विदेशी कम्पनी आफ्नो शेयर लगानी वास्तविक मूल्यभन्दा २८ गुना कम मूल्यमा बेचेर बाहिरिन बाध्य भएको हो भने भोलि को लगानीकर्ता यहाँ भित्रिन्छ ?' भट्टराईले प्रश्न गरेका छन् 'त्यसो हैन र पूँजीगत लाभकर र अन्य कर छल्नकै निम्ति यो नाटक गरिएको हो भने देशलाई यस्ता छलकारी लगानीको के अर्थ रहन्छ ?'
'अरबौं रकम बराबरका यस्ता हर्कत देशका ऐननियम विपरित हाकाहाकी कसरी हुनसक्छन् ?' भट्टराईले प्रश्न गरेका छन् 'यसमा राज्यका विभिन्न अंगमा हालिमुहाली गर्नेहरूको संलग्नता नभैरहन सक्छ ?
सरकारको नेतृत्व र नियामक निकाय बोलोस् ।'
एनसेलको शेयर खरिदबिक्री प्रकरणले प्रथमदृष्टिमै दालमा केही कालो भएको संकेत गर्छ र नेपालमा वैदेशिक लगानीका गम्भीर समस्या उजागर गर्छ।
— Baburam Bhattarai (@brb1954) December 4, 2023
१. यदि साॅच्चै नै कुनै विदेशी कम्पनी आफ्नो शेयर लगानी वास्तविक मूल्य भन्दा २८ गुना कम मूल्यमा बेचेर बाहिरिन बाध्य भएको हो भने भोलि को लगानीकर्ता…
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया