Ekagaj Logo
२१ कात्तिक २०८१, बुधबार
(Wednesday, 06 November, 2024)

दल

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि, महाधिवेशनको मिति तय गरिने

इकागज |
मंसिर १९, २०८० मंगलबार ७:२ बजे

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक आज पनि बस्दैछ । आलोकनगर काठमाडौँस्थित केन्द्रीय कार्यालयमा सो बैठक बिहान ११ बजे बस्नेछ ।

माघ १४ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन सार्न सहमत भएपनि मितिबारेमा अझैं टुंगो लागेको छैन, सम्भवतः आज बस्ने बैठकले सोबारेमा टुंगो लगाउने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । साथै बैठकमा अन्तर पार्टी निर्देशनको विवाद र राष्ट्रियसभाको निर्वाचनसहित समसमायिक राजनीतिक बिषयमा छलफल हुनेछ ।


एकीकृत समाजवादीले एमालेबाट अलग भएपछि पहिलो अधिवेशन माघमा गर्ने भनेर मिति तय गरे पनि अध्यक्ष माधवकुमार नेपालले तयारी गर्न नसक्ने भन्दै सो महाधिवेसनको मिति सार्ने प्रस्ताव गरेका छन् । राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुने भएपछि माघ १४ गते हुने भनिएको महाधिवेशन सम्भवः नहुने भन्दै अध्यक्ष नेपालले त्यसको मिति सार्ने प्रस्ताव गर्ने जनाइएको छ ।

तर, महाधिवेशनको मिति सारे पनि एक दुई हप्तामात्रै सार्नु पर्ने सम्मानित नेता झलनाथ खनालको तर्क छ भने नेपालले कम्तिमा १–२ महिना नै सार्नु पर्ने प्रस्ताव गरेका छन् ।


Author

थप समाचार
x