दल

ओलीको प्रश्न : स्वयंसेवकले ८१३ वटा नयाँ अस्थायी आवास बनाउँदा सरकार के हेरेर बसेको छ ?

इकागज |
मंसिर १९, २०८० मंगलबार १९:९ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलका स्वयंसेवकहरूले भूकम्प प्रभावित क्षेत्रमा ८१३ वटा नयाँ अस्थायी आवास बनाउँदा समेत सरकारले चासो नदेखाएको बताएका छन् ।​

झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा मंगलबार रुकुम पश्चिम र जाजरकोटको सिमाना रिम्ना पुगेका ओलीले यस्तो बताएका हुन् । उनले ८१३ वटा नयाँ अस्थायी आवास बनाएर पीडितलाई हस्तान्तरण गर्दा सरकार के हेरेर बसेको छ ? भन्दै प्रश्न गरे । उनले आफूहरूले यो संख्यालाई दुई हजार पुर्याउने ढंगले अघि बढिरहेको बताए ।


उनले भने, ‘यति भोलिन्टियर आएर ८१३ वटा नयाँ अस्थायी आवास बनाएर पीडितलाई हस्तान्तरण गर्दा सरकार के हेरेर बसेको छ । यो संख्यालाई हामीले २ हजार पुर्याउने भनेका छौँ । दुई हजार आवास हाम्रा भोलिन्टियरहरूले बनाउँछ, अनि सरकार के हेर्छ, सकिँदो रहेछ नि, सरकारले बनाउनु पर्दैन । सरकारसँग पैसा छ, हामीसँग पैसा छैन । बिनापैसा हामीले ८ सय १३ घर निर्माण गरेका छौँ ।’

देशमा समस्या परेको ठाउँमा नेकपा एमाले स्वयंसेवकको रूपमा पुग्ने बताए ।


Author

थप समाचार
x