दल

राजतन्त्र फर्कँदैन : ओली

इकागज |
मंसिर २१, २०८० बिहीबार २०:१५ बजे

गलकोट (बागलुङ)- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै मुलुकमा राजतन्त्र फर्कन नसक्ने दाबी गरेका छन् । 'जसरी २०६५ साल फर्कन सक्दैन, त्यसैगरी राजतन्त्र पनि फर्कँदैन,' उनले भने । सो अवसरमा उनले आगामी निर्वाचनमार्फत एमालेले एकल बहुमत ल्याउने दाबी पनि गरे ।

यही मङ्सिर १४ गतेदेखि सुरु भएको २१ दिने अभियानमा सङ्कलन गरिएका सबै माग र सुझाव बटुलेर राष्ट्र निर्माणको खाका र योजना बनाउने उनको भनाइ थियो ।


सङ्कल्प यात्रामा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापासहित महासचिव शङ्कर पोखरेललगायतका नेताहरू सहभागी भएका थिए । त्यस अवसरमा एमाले केन्द्रीय सदस्य तथा सांसद पदम गिरीले पर्वतको विकास निर्माण तथा अन्य आयोजनाहरूको मागपत्र प्रस्तुत गरेका थिए । 


Author

थप समाचार
x