दल

संविधान र व्यवस्थाको विरुद्धमा आवाज उठ्नु दुर्भाग्य : रमेश लेखक

इकागज |
मंसिर २२, २०८० शुक्रबार २०:१६ बजे

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान र व्यवस्थाको विरुद्धमा आवाज उठ्नु दुर्भाग्य भएको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित रिता शाहीद्वारा लिखित गजल संग्रह चिनारीको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले असन्तुष्टिहरू संविधान र अहिलेको व्यवस्थाका विरुद्ध मुखरित हुन नदिन संविधान र व्यवस्थाको पूर्ण सुरक्षाका लागि काँग्रेस सचेत रहेको बताए । उनले विद्यमान असन्तुष्टिलाई सम्बोधन गर्न कांग्रेस अघि बढ्नुपर्ने बताए । उनले गठबन्धनको संस्कृतिमा जानुको विकल्प नभएको पनि बताए ।


प्रमुख सचेतक लेखकले सरकारले काम गर्न नसकेको प्रति नागरिकसमक्ष चिन्ता र चासो प्रकट भइरहेको भन्दै काँग्रेसले यसबारे गम्भीर रूपमा लिनुपर्ने बताए । 


Author

थप समाचार
x