मनिष झाको प्रश्न - के भ्रष्टाचारका काण्ड अनुसन्धान गर्ने संयन्त्र कार्यकर्ता नियुक्तिका लागि मात्र हो ?
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले देशमा भएका अख्तियार अनुसन्धान आयोगलगायतका अन्य संयन्त्रहरू केवल कार्यकर्ता नियुक्तिका लागि मात्र बनाइएको हो ? भन्दै प्रश्न उठाएका छन् ।
सांसद झाले शनिबार आफ्नो फेसबुकमा भिडियोसहितको पोष्ट लेख्दै यस्तो प्रश्न गरेका हुन् ।
‘देशमा कुनै प्रकरण र काण्ड हुँदा सम्बन्धित निकाय र संयन्त्रले काम गर्न नपाउँदै राजनीतिक प्रभावमा छानबिन समिति बनाइन्छ,’ उनले लेखेका छन्, ‘सधैं समिति बनाएर मुद्दा आफ्नो सुविधाअनुसार व्यवस्थापन गर्ने हो भने, के यो संयन्त्र र आयोग केवल कार्यकर्ता नियुक्तिका लागि मात्र बनाइएको हो ?’
यस्तो किसिमको अभ्यासलाई आफूले विरोध गर्ने समेत सांसद झाले लेखको छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया