राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज, के छ एजेण्डा ?
फाइल फोटो
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ।
काठमाडौंमा बैठक बस्ने भएको हो। बैठकमा अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक, सांगठनिक र रणनीतिक कार्यदिशाका बारेमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने छन्।
बैठकमा राजसंस्था र हिन्दुराष्ट्र पक्षधर तथा संघीयता खारेजी चाहनेबीच मोर्चा निर्माण गरि जनआन्दोलनमा जाने कार्ययोजना समेत प्रस्तुत गरिने पार्टीका महामन्त्री राजाराम बर्तौलाले बताए।
बैठकमा सचिवालय प्रमुख भाष्कर भद्राले सचिवालयको प्रतिवेदन, संगठन विभाग प्रमुख राजाराम बर्तौलाले संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।
सोमबार दिउँसो उपत्यकास्तरीय वृहत कार्यकर्ता भेला गरि बैठक समापन हुने राप्रपा नेपालले जनाएको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया