'नेपाली कांग्रेसको मिसन सुशासन र समुन्नत नेपाल हो'
काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाली कांग्रेसको मिसन सुशासन र समुन्नत नेपाल रहेको बताएका छन् । आइतबार नेपाली कांग्रेसको मुखपत्र 'नेपाल पुकार' को लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले नेपालको राजनीतिमा सुशासनको खडेरी परेको उल्लेख गरे । अहिले केही राजनीतिक दलहरू मिसन २०८४ भनेर हिँडिरहेको भए पनि कांग्रेसको मिसन सुशासन र समुन्नत नेपाल रहेको बताए । उनले कांग्रेसले पार्टीलाई विचार प्रधान बनाएर लैजानुपर्ने बताए । उनले चुनावमा मलाई जिताइदिनुस् भन्ने मिसन बोक्दा देश बिग्रिएको भनाइ राखे ।
उपसभापति गुरुङले नेपाली राजनीति, संसदीय पद्धतिमा र बहुदलमा एउटा पार्टीको नेताले अर्को पार्टीको नेतालाई गाली गरेर बस्ने डरलाग्दो परिपाटी देखिएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया