दल

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले दिए राजीनामा

इकागज |
मंसिर २४, २०८० आइतबार २०:१४ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् ।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार पदबाट मंसिर २० गते नै उनले राजीनामा दिएको बताइएको छ ।


आफूले राजीनामा दिए पनि स्वीकृत भएको जानकारी प्राप्त नभएको उनको भनाइ छ ।

प्रधानमन्त्रीसँग व्यक्तिगत असन्तुष्टि वा अन्य पद प्राप्त गर्नका लागि राजीनामा नभएको बताउँदै उनले स्वीकृत भइसकेपछि राजीनामाको कारण बताउने उल्लेख गरेका छन् ।


Author

थप समाचार
x