दल

देशको रक्षा गर्न एमालेको एक बहुमतको सरकार आवश्यक : केपी ओली

इकागज |
मंसिर २५, २०८० सोमबार १४:१० बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिगो ढंगले देशको रक्षा गर्न एमालेको एक बहुमतको सरकार आवश्यक रहेको बताएका छन् ।

झुलाघाट-चिवाभञ्ज्याङ यात्रा अन्तर्गत सोमबार सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले मात्रै देशको रक्षा गर्न सक्ने भन्दै अब दिगो ढंगले देशको रक्षा गर्न र समृद्ध मुलुक बनाउन एमालेको एक बहुमतको सरकार आवश्यक रहेको बताएका हुन् ।


अध्यक्ष ओलीले आन्तरिक र बाह्य शक्ति मिलेर एमाले पार्टी फुटाउने प्रयास भएको र कमजोर बनाउने षडयन्त्र भए पनि लोकप्रिय पार्टी बन्न सफल भएको धारण राखे ।

उनले एमाले सरकारले गरेका कामबाट तर्सेर विभिन्न शक्ति मिलेर एमालेलाई सरकारबाट हटाइएको जिकिर गरे । एमाले सरकारमा भएका बेला गरेका कामले देशमा अरू कुनै वैकल्पिक शक्ति नरहेको स्पष्ट भएको उनले बताए ।​

ओलीले एमालेले नाकाबन्दीको सामनादेखि उत्तर दक्षिण सडकलगायतका विकासका काम गरेको भन्दै तर्सिनुपर्ने, डराउनुपर्ने र अल्मलिनु पर्ने अवस्था नरहेको उल्लेख गरे ।  


Author

थप समाचार
x