राजसंस्था र हिन्दु राष्ट्रमा सहमति हुन नसके आन्दोलन नै अन्तिम विकल्प : कमल थापा
काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको व्यवस्था असफल भएकाले जनताले नयाँ विकल्प खोजेको बताएका छन् ।
सोमबार काठमाडौँमा राप्रपा नेपाल उपत्यका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले संघीय गणतन्त्रको व्यवस्था भ्रष्ट भएकाले असफल भएकाे र जनताले नयाँ विकल्प खोजेको बताएका हुन् ।
प्रदेश तहको खारेजीसहितको राजसंस्था र हिन्दु राष्ट्र अहिलेको विकल्प भएको जिकिर थापाले गरे । राजनीतिक दलहरू सहमत भए अहिलेकै संविधानको परिधिभित्र रहेर सहमति र सहकार्यका आधारमा संविधानलाई संशोधन गर्न सकिने राप्रपा नेपालको निष्कर्ष रहेको उनले बताए ।
उनले राजसंस्था र हिन्दु राष्ट्रमा सहमति हुन नसके आन्दोलन नै अन्तिम विकल्प भएको जिकिर गरे ।
अध्यक्ष थापाले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाका लागि एउटा पार्टी र समूहको प्रयासले मात्रै सम्भव नहुने भएकाले समाज विचारधारा भएका दल, समूहबीच बृहत् राष्ट्रिय मोर्चा निर्माण गर्नुपर्ने धारणा राखे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया