छिटो शेखरलाई संसदीय दलको नेता नबनाउने हो भने ०८२ मा महाधिवेशन हुन्न- गगन थापा
फाइल फोटो
काठमाडौं - नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस नेतृत्वको यहीँ तालले २०८२ मा पार्टीको महाधिवेशन नहुने बताएका छन् । डा. शेखर कोइराला समूहको काठमाडौंमा आज भएको बैठकमा थापाले यस्तो बताएका हुन् ।
उनले संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने बताए । उनले भने, 'शेखर कोइरालालाई संसदीय दलको नेता नबनाउने हो भने ०८२ होइन ०८४ सम्म पनि महाधिवेशन हुँदैन । छिटो भन्दा छिटो संसदीय दलको नेता कोइरालालाई बनाउन लागौं ।'
थापाले समूहप्रति आफू सधैं बफादार भएको बताए । 'म र शेखर दाइबीच केही मनमुटाव छैन केही साथीहरूले खेलिदिनुभयो' , उनले भने। केही सञ्चारमाध्यमले शेखर र गगन पानी बाराबारको अवस्थामा भएको भन्दै समाचार सम्प्रेषण गरेपछि गगनले यस्तो बताएका हुन् ।
कोइराला समूहको आफू पक्षीय नेताको बैठक जारी छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया