राष्ट्रिय सभा निर्वाचनमा पार्टीले उम्मेदवार छान्दा मापदण्ड बनाउनुपर्छ : डा. शेखर
फाइल फोटो
काठमाडौँ - नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी महामन्त्री गगनकुमार थापासँग आफ्नो मतभेद नरहेको दाबी गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित संस्थापन इतरपक्षको भेलापछि सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । काम गर्ने शैली र सोचाइ उमेर फरक भएकाले फरक परेपनि पार्टीको एजेण्डामा महामन्त्री थापासँग आफ्नो कुनै फरक मत नरहेको नेता कोइरालाको भनाई थियो । कोइरालाले पार्टी संसदीय बोर्डले राष्ट्रिय सभा निर्वाचनका लागि मापदण्ड नै बनाएर उम्मेदवार चयन गर्नुपर्ने प्रस्ताव समेत राखे ।
उनले भने, ‘बेसीकल्ली राष्ट्रिय सभा निर्वाचनका लागि एउटा क्राइटएरिया बनाऊँ । जे क्राईट एरिया बन्छ, पार्लियामेन्टी बोर्डले बनाउ । त्यो क्राइटएरियालाई अगाडि सारेर जाने भन्नेछ । हाम्रो समूहको एजेण्डामा महामन्त्रीजी र मेरोमा एक इन्च पनि फरक छैन । के हुन्छ भने उहाँको उमेर, मेरो उमेर फरक छ । काम गर्ने शैली पनि फरक छ । सोचाइ पनि फरक छ । त्यो स्वाभाविक छ । अन्य एजेण्डामा हाम्रो कुनै फरक मत छैन ।’
नेता कोइरालाले पार्टीमा सुधार ल्याउनका लागि आफूहरूले निरन्तर छलफललाई अघि बढाउने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया