महासमिति बैठक पुनः सार्ने कुरा भएको छैनः उपसभापति गुरुङ
फाइल फोटो
काठमाडौँ - नेपाली काँग्रेसका उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएकाहरुलाई उम्मेदवार बनाउनुपर्ने बताएका छन् ।
बुधवार काठमाडौंमा नेता डा. शेखर कोईराला समूहको बैठकमा सहभागी भइ बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रिय सभाको विषय पनि एजेण्डाको रुपमा आएको र न्यायोचित व्यवस्थापन हुनुपर्ने आवाज उठेको बताए ।
उनले भने, ‘राष्ट्रिय सभाको विषय पनि एजेण्डाको रुपमा आएको छ । त्यसमा न्यायोचित हुनुपर्छ, घरिघरि अवसर पाउनेहरुले नै अवसर पाउनु हुन्न भन्ने आवाज उठिरहेको छ । सारभुत रुपमा पार्टी एक छ । महासमिति बैठक आधिकारिक रुपमा सार्ने भन्ने कुरा आएको छैन । महासमितिमा केके एजेण्डामा छलफल गर्न सकिन्छ भनेर बैठक बसेका हौँ ।’
उपसभापति गुरुङले महासमिति बैठक आधिकारिक रुपमा सार्ने कुरा पार्टीबाट नभएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया