दल

शान्ति प्रक्रियाका बाँकी काम नटुंगाए भोलि पछुतो मानेर हुनेवाला केही छैन : शेर्पाली

इकागज |
मंसिर ३०, २०८० शनिबार ९:४० बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसीएल)का अध्यक्ष सुबोध शेर्पालीले शान्ति प्रक्रियाका बाँकी कामहरू टुंगो लगाउन माग गरेका छन् । प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको भन्दै तत्काल शान्ति प्रक्रियाका बाँकी कामहरू नटुंगाए उनले थप पेचिलो हुने बताए ।

'प्रिय माओवादी कमरेडहरू ! समय अत्यन्तै निर्मम छ । हामी सबै गम्भीर बनेर जनयुद्धको कैयौं मुद्धँहरूसँग अन्तरसम्बन्धित रहेको शान्ति प्रक्रियाका बाँकी कामहरू टुंगो लगाउनुपर्नेछ । स्मरण रहोस अहिलेको सरकार निर्माणसँगै हाम्रो संगठन वाइसीएल नेपाल केन्द्रीय कार्यालयको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूलाई ज्ञापनपत्रसमेत बुझाएका थियौं'  शेर्पालीले भनेका छन् 'परिस्थितिले यो बिषय दिनानुदिन गम्भीर बन्दै गइरहेको छ । तसर्थ यस बिषयमा माओवादी घटक सबै दलहरू सरकारको नेतृत्व गरिरहेको हाम्रो पार्टी माओवादी केन्द्र त्यसका नेताहरू, मन्त्रीहरू, प्रतिनिधिसभा र राष्ट्रिय सभाका माननीयहरू एउटै स्वरमा बोल्न जरूरी भएको छ ।'


'हाम्रो एउटै लक्ष्य अभिलम्ब शान्ति प्रक्रिया टुङ्गो लगाउन अपरिहार्य भइसकेको छ । आज हाम्रो ध्यान अन्तै केन्द्रित हुँदै गर्दा भोलि पछुतो मानेर केही हुनेवाला छैन' उनले भने 'पछिल्लो घटनाक्रमहरूले शान्ति प्रक्रियाको मुद्दा थप पेचिलो बनाउँदै गएको अनुभुति भएको छ । तसर्थ शान्ति प्रक्रिया तत्काल टुंगो लगाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु ।'
 


Author

थप समाचार
x