दल

जनता राजतन्त्र र नयाँ दलप्रति आकर्षित छैनन्ः उपमहासचिव गुरुङ

इकागज |
मंसिर ३०, २०८० शनिबार १३:४३ बजे

फाइल तस्बिर

काठमाडौँ - नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनता राजतन्त्र वा नयाँ दलप्रति आकर्षित नरहेको सन्देश यात्रामा पाएको बताएका छन् । 

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो तेह्रथुमको आठराई गाउँपालिकामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । एमालेको झुलाघाट—चिवाभञ्ज्याङ यात्राले जनताहरु राजतन्त्र नयाँ दलप्रति आकर्षित नरहेको पाएको बताए । उनले नागरिकमा राजनीतिको क्रेज अत्यधिक रहेको पाएको पनि दाबी गरे । उनले एमाले पुरानो पार्टी भयो भन्नेहरूलाई यात्राबाटै जनताले जवाफ दिएको बताए । उनले वर्तमान सरकारले विकास निर्माणका कुनै काम अघि बढाउन नसकेको बताए । उनले राजनीतिक रुपले मध्य पहाडी क्षेत्र धेरै उर्वर रहेको पाएको बताए । 


उनले भने, ‘पहिलो कुरा यसको राजनीतिक सन्देश के देखियो भने काठमाडौंतिर अहिले हल्ला छ नि । राजतन्त्र फर्किएको हल्ला । त्यो राजतन्त्रको पक्षमा मानिसहरू देखिएन । एमालेप्रतिको क्रेज देखियो । नयाँ दलहरू जो भनिएको छ, पार्टीहरू भन्ने गरिएको छ, एमाले पुरानो पार्टी भयो भन्नेहरूलाई पनि एउटा जवाफ के भने तल जनताको बीचमा नयाँ पार्टीहरूको कुनै क्रेज देखिएन । तेस्रो कुरा संघीयताको पक्षधर भनिएकाहरुले एमाले संघीयता विरोधी भनेर जुन खालको प्रश्न गर्न खोजिएको थियो, त्यसमा पनि प्रश्न देखिएन । एमालेमाथि जुन खालको आरोप लागेको थियो, त्यसको खण्डन जनताले यही यात्रामार्फत दिएको छ । यो सरकारले कुनै निर्माणको काम अघि बढाउन सकेको छैन । राजनीतिक रुपले मध्य पहाड धेरै नै उर्वर देखिन्छ । मध्यपहाडी करिडोर बनाएर सडक करिडोर बनाइयो तर आर्थिक करिडोरको कुनै नीति ल्याइएको छैन । आर्थिक बस्तीका योजना बनाउनुपर्छ ।’

एमाले पहिचानविरोधी होइन, एमाले पहिचानविरोधी भएको भए निर्वाचन प्रणाली किन समावेशी राख्थ्यो । समानुपातिक समावेशी भनेर राखेका छौँ । 


Author

थप समाचार
x