प्रभु साहको आम जनता पार्टीले आजबाट भन्सार विभाग घेराऊ गर्ने
काठमाडौं - प्रभु साह नेतृत्वको आम जनता पार्टीले आजबाट भन्सार कार्यालय घेराऊ गर्ने भएको छ ।
आम सम्पर्क मञ्चको राष्ट्रिय भेलाले गरेको निर्णय अनुसार पुस १ गते देखि भन्सार विभाग घेराऊ गर्न लागेको हो ।
हिजो सम्पन्न आम सम्पर्क मञ्चको राष्ट्रिय भेला 'भन्सार नियमावली' बाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी व्यवस्था खारेजीको लागि पौष १ गते देखि भन्सार विभागमा धर्ना तथा घेराऊ गर्ने निर्णय गरेको अध्यक्ष प्रभु साहले जानकारी दिए ।
काठमाडौं अनामनगरस्थित तमुबुद्ध सेवा समितिको सभाहलमा सम्पन्न उक्त भेलाले श्रीनारायण प्रसादको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय समिति एवं मधेश प्रदेश कमिटीको पदाधिकारी समेत घोषणा गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया