एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
काठमाडौं - एकीकृत समाजवादीको सचिवालय बैठक सोमबारबाट सुरु हुँदै छ ।
सोमबार र मंगलबार दुई चल्ने बैठकले आसन्न राष्ट्रिय सभाको निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
सचिवालय बैठकले पार्टीका तर्फबाट राष्ट्रिय सभाको निर्वाचनको उम्मेदवार चयन गर्न मापदण्ड बनाउने र सोहीअनुसार छनौट गरिएको उम्मेदवारलाई स्थायी समिति र पोलिटब्युरो सदस्यको बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा लैजाने बताइएको छ ।
सचिवालय बैठक यसअघि गत मंसिर २८ र २९ गतेका लागि तय गरिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया