गठबन्धन सरकार अहिलेको बाध्यता हो : अर्थमन्त्री
फाइल तस्बिर
मकवानपुर - अर्थमन्त्री डा. प्रकाश शरण महतले कुनै पनि दलको बहुमत नभएकाले गठबन्धन सरकार बनाउनु अहिलेको बाध्यता भएको बताएका छन् ।
नेपाली कांग्रेस मकवानपुर प्रथम जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् ।
उनले भने, कतिपय साथीहरूलाई गठबन्धन किन गर्नुपर्यो भन्ने लागेको होला । यी कुरा पार्टीको कोणबाट हेर्दा ठीकैजस्तो लाग्छ । दलसँग बहुमत नभएको अवस्थामा गठबन्धन नगरी सरकार नबनेको हुँदा गठबन्धन बाध्यता हो ।'
‘मिश्रित निर्वाचन प्रणालीले गर्दा एउटा दलको बहुमत आउन कठिन भएको उनले बताए । एकल बहुमतका लागि हामीले ठूलै जनप्रभाह हासिल गर्नुपर्ने उनको भनाइ थियो’ उनले भने, ‘कांग्रेसबाट सरकारमा सहभागी भएका हामीले काम गरिरहेका छौं, तर देशमा समस्या धेरै छ, आवश्यकता धेरै छन् । तर हाम्रो सामर्थ्य कम छ । देशको आम्दानी थोरै छ, थोरै आम्दानीले धेरै समस्याको समाधान एकैपटक हुँदैन । तर समस्या समाधानका लागि हामीले इमानदार प्रयास गरिरहेका छौं, समर्पणका साथ काम गरिरहेका छौं ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया