माओवादीको विधान सम्मेलन फागुन पहिलो साता हुने, को-को छन् समितिमा ?
फाइल तस्बिर
काठमाडौँ- सत्तारूढ नेकपा माओवादी केन्द्रको फागुन पहिलो साता विधान सम्मेलन हुने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले सो विधान सम्मेलन गर्नका लागि विधान मस्यौदा समिति गठन गरेको छ ।
पार्टीका उपाध्यक्ष तथा केन्द्रीय प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार सो समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरीराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा साथै सचिवद्वय गणेश शाह र हितमान शाक्य सदस्यको रुपमा रहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया