देशको विकास गर्न रास्वपा राजनीतिमा : रवि लामिछाने
तनहुँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको विकास गर्न रास्वपा राजनीतिमा आएको बताएका छन् ।
रास्वपा क्षेत्र नं २ तनहुँले भीमाद-६ मा आज आयोजना गरेको खुलासभालाई सम्बोधन गर्दै सभापति लामिछानेले भने, 'भ्रष्टाचार र गल्ती आफू पनि गर्दिनँ र आफ्ना पार्टीका नेतालाई पनि गर्न दिन्नँ ।'
नेतृत्व इमानदार भए अरूलाई भ्रष्टाचार गर्ने आँट नहुने जिकिर गर्दै उनले भने, 'देशका ठूलाठूला व्यक्तिले भ्रष्टाचार गर्दिनँ भनेर लाग्ने हो भने भ्रष्टाचार अन्त्य हुन सक्छ ।'
भ्रष्टाचारको स्विच कहाँ छ भन्ने कुरा सरकारले खोलेका फाइल हेरे थाहा हुने उनले उल्लेख गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया