दल

रास्वापाको १३३ किलोमिटर दबाब यात्रा सुरु

इकागज |
पुस ९, २०८० सोमबार १२:३९ बजे

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले आजबाट तीन दिने दबाब यात्रा सुरु गरेको छ । नारायणगढदेखि बुटवलसम्म तीन दिनमा ११३ किलोमिटर दूरी पार गर्ने लक्ष्यका साथ रास्वापाले दबाब यात्रा सुरु गरेको हो । 

पूर्व(पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्राका क्रममा नागरिकले खेप्नु परेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउनु यात्राको मुख्य उद्देश्य रहेको रास्वापाका सभापति रवि लामिछानेले जानकारी दिएका छन् ।


 गैडाकोट पुल्चोकबाट बिहान ९ बजेबाट दबाब यात्रा सुरु भएको हो । दबाब यात्रामा पार्टीका सांसद र नेताहरूको उपस्थित रहने रास्वापाले जनाएको छ । । 


Author

थप समाचार
x