दल

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष नेताहरू सकारात्मक

इकागज |
पुस ९, २०८० सोमबार २०:८ बजे

काठमाडौँ- शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष नेताहरू सकारात्मक देखिएका छन् । सरकार पीडित केन्द्रित कानुन बनाउने कुरामा सरकार तयार भएकाले शीर्ष नेताहरूबीच टिआरसी विधेयक टुंग्याउनेतर्फ सकारात्मक देखिएका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) बीचका नेताहरूको छलफल भएको र पीडितमैत्री कानुन बनाउने हो भने तत्काल प्रक्रियाअघि बढ्ने बताए । उनले भिक्टिमले न्याय पाएको अनुभूति गर्ने गरी कानुन बन्ने सहमति शीर्ष नेताहरूमा जुटेको र आउँदो हिउँदे अधिवेशनमा टिआरसी विधेयक संसदमा प्रस्तुत हुने बताए ।


बर्तौलाले सरकार पीडितमैत्री कानुन बनाउन सकारात्मक भएकाले आउँदो अधिवेशनमा विधेयक प्रस्तुत गर्ने सहमति करिब करिब जुटेको बताए ।

सचेतक बर्तौलाले आउने संसदमा विधेयक प्रस्तुत गर्नका लागि शीर्ष नेताहरू एकजुट भइ संवादमार्फत विषय टुंग्याउनु राम्रो कुरा भएको बताए ।

  


Author

थप समाचार
x