वर्तमान राज्य सत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने वैद्यको घोषणा
फाइल तस्बिर
काठमाडौँ- क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्यले अहिलेको राज्य सत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने घोषणा गरेका छन् ।
मंगलवार माओ दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शासन सत्ता फेरिएको भए पनि शोषण, उत्पीडनका रूपहरू पुरानै रहेको जिकिर गरे । उनले कम्युनिष्टहरू अहिले कांग्रेसीहरूको संसदीय व्यवस्थाको भाग खोसेर संसदीय व्यवस्था हाम्रो हो भनेर लागेको बताए ।
अध्यक्ष वैद्यले अहिलेको सत्ता र व्यवस्थाबाट जनताका समस्या समाधान हुन नसक्ने जिकिर गरे । उनले राष्ट्रियता जनतन्त्र र जनजीविकाका समस्याहरू विकराल बनेर गएको दाबी गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया