एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि
काठमाडौं - नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहनेछ ।
बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा १५ जनाले विधान संशोधनका बारेमा आ-आफ्नो धारणा राखेका थिए, जुन क्रम आज पनि जारी रहनेछ ।
आजको बैठक बिहान ११ः०० बजे देखि सुरु हुनेछ । हिजोको बैठकमा केन्द्रीय सदस्यहरू महेश रेग्मी, धर्म निरौला प्रेमल खनाल, प्रतापलाल श्रेष्ठ, भगवती नेपाल, कुमारी तामाङ, शेरबहादुर केसी, गणेश विक, उर्वादत्त पन्त, लोकबहहादुर डागी, धनप्रसाद गौतमलगायतले धारणा राखिसकेका छन ।
विधानमाथि ११ वटा प्रश्नावली बनाइएको र प्रत्येक सदस्यलाई सो विधानमाथि टिप्पणी गर्नका लागि ३–३ मिनेटको समय छुटाइएको छ ।
आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरूले आ -आफनो धारणा राख्नेछन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया