दल

एकीकृत समाजवादीको केन्द्रीय समितिमा उमेर हदबारे आज पनि नेताहरुले धारणा राख्ने

इकागज |
पुस १३, २०८० शुक्रबार ७:४० बजे

काठमाडौं - नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहनेछ ।

गत बुधबार देखि सुरु भएको केन्द्रीय समिति बैठकमा ४० जनाले विधान संशोधन र उमेर हद ७० राख्नेका कि नराख्ने भन्नेलगायतका बिषयमा आ आफनो धारणा राखिसकेका छन । केन्द्रीय सदस्यले धारणा राख्ने क्रम आज पनि जारी रहनेछ ।


विद्यानलगायत अन्य प्रस्तावहरू माथि छलफल गर्नका लागि ११ वटा प्रश्नावली बनाईएको र प्रत्येक सदस्यलाई सो बिषयहरु माथि टिप्पणी गर्नका लागि ३–३ मिनेटको समय छुट्टयाईएको छ । 

 आजको बैठक पनि बिहान ११ बजे देखि सुरु हुने जनाईएको छ । आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरूले आ आफनो धारणा राख्नेछन् ।


Author

थप समाचार
x