राजेन्द्र लिङ्देन स्वेदश फर्किए
फाइल तस्बिर
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन स्वेदश फर्केका छन् ।
साताव्यापी हङकङको भ्रमण पूरा गरि आज बिहान अध्यक्ष लिङदेन स्वदेस फर्किएका हुन ।
पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज हङकङको निमन्त्रणामा सो समाजद्दारा आयोजित अधिवेशनलाई सम्बोधन गर्न अध्यक्ष लिङदेन हङकङ पुगेका थिए । गत पुस ७ गते हङकङ पुगेका अध्यक्ष लिङदेनले हङकङ र मकाउमा रहेका नेपाली समुदायसंग भेटघाट, छलफल र अन्तरक्रिया गरेको प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष लिङ्देनको भ्रमण दलमा पार्टीका वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र, पानस आइसिसिका अध्यक्ष प्रेमकुमार श्रेष्ठ र केन्द्रीय सदस्य हिक्मतजंग कार्कीको पनि सहभागिता रहेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया