नेपाल वायुसेवा निगम पब्लिक कम्पनी मोडलमा नगएसम्म सुधार हुँदैन : भट्टराई
काठमाडौँ- पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगम पब्लिक कम्पनी मोडलमा नगएसम्म सुधार नहुने दाबी गरेका छन् ।
शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरण को २५ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्री भट्टराईले यस्तो बताएका हुन् । उनले वायुसेवा निगम अहिलेको स्ट्रक्चरमा सञ्चालन भइरहे अबको १० वर्षमा हिमाल सिमेन्टको जस्तो हालत हुने बताए । उनले निगमले जतिवटा नयाँ जहाज खरिद गरेर सञ्चालनमा ल्याए पनि अहिलेको मोडल परिवर्तन नगरेसम्म सुधार नहुने बताए ।
भट्टराईले निगमलाई निजी नभइ नेपाल टेलिकमको मोडलमा लैजन आफू मन्त्री भएको बेला काम थालेको बताए । उनले नेपाल एयरलाइन्सले २२ अर्ब नाफा कमायो भनेर नक्कली डाटा सार्वजनिक गरेको बताए । उनले २२ अर्ब नाफा गराउने अध्यक्षलाई सबैले माला लगाएर सम्मान गर्न आवश्यक रहेको बताए । उनले २२ अर्ब नाफा भए निगमले ५० अर्बको ऋणमा २२ अर्ब घटाउन आग्रह गरे । उनले सरकारले निगमलाई अहिलेको मोडल परिवर्तन गरी जहाज ल्याउने भए एमालेले सहयोग गर्ने बताए ।
उनले हवाई उड्डयन क्षेत्र युरोपियन युनियन (ईयु)को कालोसूचीमा राख्नु ईयुको आफ्नै स्वार्थ रहेको बताए । उनले हवाई उड्डयन क्षेत्र युरोपियन युनियन (ईयु) को कालोसूचीमा राख्नु एउटा मात्रै नभएर राजनीतिक तथा विश्व ध्रुवीकरण लगायत कारण रहेको बताए । उनले सरकारले प्राधिकरण कक्र्याउने सर्तलाई मान्न आवश्यक रहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया