गोकुल बास्कोटाको सरकारलाई प्रश्न: काम गर्न विदेश जान पाऊ भन्ने युवालाई किन गोली ठोकेको ?
फाइल तस्बिर
काठमाडौँ - पूर्व मन्त्री तथा नेकपा एमालेका नेता गोकुल प्रसाद बास्कोटाले युवाहरूलाई स्वदेशमै रोजगारी सृजना गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले सरकारले श्रम बजारका लागि तयार नेपाली युवा जनशक्तिलाई देश भित्रै रोजगारीको अवसर श्रृजना गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् ।
उनले विदेश जान पाउ भन्ने युवालाई किन गोली ठोकेको भन्दै सरकारसँग प्रश्न गरेका छन् । उनले लेखेका छन्, 'सरकारले श्रम बजारका लागि तयार नेपाली युवा जनशक्तिलाई देश भित्रै रोजगारीको अवसर श्रृजना गर्न सकेन नै।तर काम गर्न विदेश जान पाऊ भन्ने युवालाई किन गोली लाठी र अश्रुग्यास चलाएर हत्या गरेको ? विवादास्पद परीक्षा प्रणाली श्रम मन्त्रालयले किन स्वीकृत गरेको?'
सरकारले श्रम बजारका लागि तयार नेपाली युवा जनशक्तिलाई देश भित्रै रोजगारीको अवसर श्रृजना गर्न सकेन नै।तर काम गर्न विदेश जान पाऊ भन्ने युवालाई किन गोली लाठी र अश्रुग्यास चलाएर हत्या गरेको?विवादास्पद परिक्षा प्रणाली श्रम मन्त्रालयले किन स्वीकृत गरेको?
— Gokul Prasad Baskota (@GokulPBaskota) December 30, 2023
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया