गृहमन्त्रीको राजीनामा माग गर्दै रास्वपाको प्रदर्शन
काठमाडौँ- बालकुमारी घटनाका विषयमा गृहमन्त्रीको राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदर्शन गरेको छ । शनिबार ललितपुरको बालकुमारीस्थित इपिएस कार्यालय अगाडि प्रदर्शन गर्दै रास्वपाले गृहमन्त्रीको राजीनामा माग गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा सांसद तोषिमा कार्कीले हरेक नागरिकको बाँच्न पाउने अधिकार हुँदाहुँदै पनि युवाहरूले गरेको प्रदर्शनमा गोली चलाउनु दु:खद भएको बताइन् । उनले दुई युवाहरूको हत्या घटनाको रास्वपाले घोर भर्त्सना गरेको उल्लेख गरिन् ।
उक्त घटनामा गृह मन्त्रालयले छानबिन गरेको अवस्थामा नैतिकतामा आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनले माग गरिन् ।
प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्रीज्यू, १७ हजार प्लस २ भयो त ? अझै कति ?’ नालायक सरकार राजीनामा दे, मृतकलाई सहिद घोषणा गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया