दल

'यो भ्रष्ट राज्यले रोजगारी त दिएन, उल्टा छातीमा गोली ठोक्यो !'

इकागज |
पुस १४, २०८० शनिबार १८:२४ बजे

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सिके राउतले बालकुमारी घटनामा दुई युवाले ज्यान गुमाएको प्रति सरकारको आलोचना गरेका छन् ।

उनले आज सामाजिक सञ्जालमा एक पाेष्ट गर्दै भ्रष्ट राज्यले रोजगारी नदिएर उल्टै छातीमा गोली ठोकेको टिप्पणी गरेका हुन् । उनले भनेका छन्, 'यो भ्रष्ट राज्यले रोजगारी त दिएन, उल्टा छातीमा गोली ठोक्यो !'


उनले अङ्गप्रत्यङ्ग बिकेका भ्रष्ट राज्यले युवालाई शिक्षा, स्वास्थ्य सेवा र रोजगारी नदिएको उल्लेख गरे । बा-आमालाई लागेको ऋण चुकाउन विदेश जान लाग्दा पनि कमीसनखोर मन्त्री र कर्मचारीहरूको सिन्डिकेटले अनेक बहानामा पैसा वसूल गर्न अवरोध खडा गरी छातीमा गोली ठोकिदिएको उनको टिप्पणी गरेका छन् । 

 'अङ्गप्रत्यङ्ग बिकेका यो भ्रष्ट राज्यले युवालाई शिक्षा दिएन, स्वास्थ्य सेवा दिएन,  रोजगारी दिएन। बा-आमालाई लागेको ऋण चुकाउन विदेश जान लाग्दा पनि कमिशनखोर मन्त्री र कर्मचारीहरूको सिन्डिकेटले अनेक बहानामा पैसा वसूल गर्न अवरोध खडा गर्यो र छातीमा गोली ठोकिदियो,' उनले भने । 

यस्तै अध्यक्ष राउतले मृतकहरू दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन रावत र अछाम चौरपाटी गाउँपालिका–१ का २३ वर्षीय वीरेन्द्र शाहप्रति हार्दिक श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् । 

 


Author

थप समाचार
x