बालकुमारी घटनाको विरोधमा राप्रपा नेपालको प्रदर्शन
ललितपुर- ललितपुरको बालकुमारीमा हिजो भएको घटनाको विरोध गर्दै राप्रपा नेपालले आज काठमाडौँको जमलमा विरोध प्रदर्शन गरेको छ ।
पार्टी आबद्ध जनवर्गीय संगठनहरूले दमनको विरुद्धमा चर्को नाराबाजी गरेका छन् ।
‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन, घटनाको छानबिन गर दोषी माथि कारबाही गर’ भन्दै प्रदर्शनकारीले नाराबाजी गरेका छन् ।
मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै युवाहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामा माग्दै प्रदर्शन गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया