दल

धोती दिवस मनाउन खोज्ने जनमत पार्टीका अध्यक्ष राउत पक्राउ

इकागज |
पुस १६, २०८० सोमबार १०:३१ बजे

फाइल तस्बिर

काठमाडौं - धोती दिवस मनाउन माइतीघर पुगेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहितलाई प्रहरीले पक्राउ गरेको छ। 

बबरमहलबाट माइतीघरतर्फ जाँदै गर्दा पक्राउ गरिएको सो पार्टीका नेता बिपी साहले जानकारी दिएका छन् ।


'धोती दिवस मनाउन माइतीघर जान लाग्दा आर्ट काउन्सिलबाट अध्यक्षसहित हामीलाई प्रहरीले पक्राउ गरेर महेन्द्र पुलिस क्लब ल्याएको छ, थुनामा रहेका साहले भने, यहाँ ७३ जना छौं', थप अरूलाई अर्को ट्रकमा हालेर अन्यत्र लगेको छ ।

उनका अनुसार माइतीघर–बानेश्वर क्षेत्रलाइ निषेधित क्षेत्र घोषणा गरेकाले पक्राउ गरिएको जानकारी उनीहरूलाई प्रहरीले दिएको छ । 

मधेसी समुदायले अंग्रेजी नयाँ बर्ष अर्थात जनवरी १ मा हरेक पटक धोती दिवस मनाउँदै आएका छन् ।​

राउतसमेतकाे पार्टीकाे समर्थनमा बनेकाे पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारले हालै माइतीघर-बानेश्वर क्षेत्रलाइ निषेधित क्षेत्र घाेषणा गरेकाे छ । तर, त्यसकाे उल्लङ्घन गरेपछि सांसद राउतसहितलाइ पक्राउ गरिएकाे उपत्यका प्रहरी कार्यालय, काठमाडौंले जनाएकाे छ । 


Author

थप समाचार
x