त्रिविलाई भागबण्डामुक्त बनाउन माग गर्दै नेविसंघको सडक बहस
काठमाडौँ - त्रिभुवन विश्वविद्यालयलाई राजनीतिक भागवण्डामुक्त बनाउनुपर्ने भन्दै नेपाल विद्यार्थी संघले सडक बहस गरेको छ ।
नेविसंघले मंगलबार काठमाडौंको प्रदर्शनीमार्ग अगाडि त्रिभुवन विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धामार्फत उपकुलपति नियुक्त गर्न माग गर्दै सडक बहस गरेको हो । नेविसंघले त्रिविमा हुने गरेको भागबण्डाको राजनीति अन्त्य गर्न र मेरिटका आधारमा भिसी नियुक्त गर्न माग गरेको छ ।
उनीहरुले कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने जनाएका छन् । सडक बहसमा सहभागीहरुले अब त टियु सुधार गरौँ, प्रतिस्पर्धाबाट उपकुलपति, बढ्छ विश्वविद्यालयको गति , प्रधानमन्त्रीज्यू अव कुलपति बन्दिन भनेर घोषणा कहिले ? लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया