दल

राष्ट्रियसभा निर्वाचन : भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै

इकागज |
पुस १९, २०८० बिहीबार ८:२ बजे

काठमाडौँ- राष्ट्रियसभा निर्वाचनमा भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै छ । बिहीबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

बुधबार सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभामा एमालेलाई शून्य नबनाउन गरेको आग्रहबारे ब्रिफिङ गरेका थिए । त्यसपछि सत्तारूढ दलहरूले आ-आफ्नो पार्टीभित्र छलफल गरेर आज बैठक बस्ने बताइएको थियो ।


एमालेको प्रस्तावमा गठबन्धन दलहरूबीच छलफल हुन लागेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । आजको बैठकमै एमालेको प्रस्तावबारे टुंगो लाग्न सक्ने उनले बताए

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासहित २० सदस्यको कार्यकाल २० फागुनमा सकिँदै छ । जसमा ९ जना एमालेबाट निर्वाचित सदस्य छन् ।

राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुँदैछ । निर्वाचनका लागि पुस २३ गते मनोनयन दर्ता हुँदै छ । कार्यकाल सकिनु एक महिनाअघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।


Author

थप समाचार
x