दल

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

इकागज |
पुस १९, २०८० बिहीबार १३:० बजे

काठमाडौँ- राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटको बिषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा सिट बाँडफाँटका बिषयमा छलफल भएपनि कुनै निष्कर्ष निस्कन नसकेको हो ।

बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दलहरूबीच आन्तरिक छलफल गरेर पुन गठबन्धनको बैठक बस्ने जानकारी दिए । सत्ता गठबन्धनबीच राष्ट्रियसभा सदस्य निर्वाचनका बिषयमा मात्रै छलफल भएपनि एमालेसँग भने समसामयिक राजनीतिक विषयमा समेत छलफल भइरहेको उनले बताए ।


राष्ट्रियसभा सदस्य निर्वाचन आफ्नो दललाई शून्य नबनाउन एमालेले आग्रह गरेपछि सिट व्यवस्थापनका बिषयमा गठबन्धनबीच छलफल भइरहे पनि कुनै निष्कर्ष आउन सकेको छैन । एमालेले सिट मागेपछि संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई एमालेले सघाउनुपर्ने गठबन्धनको सर्त छ ।

बैठक नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेलाई सिट दिन नहुने भन्दै विरोध गरेका थिए ।


Author

थप समाचार
x