दल

गठबन्धनको बैठकमा असन्तुष्टि जनाएको समाजवादीको सचिवालय बैठकमा के-के हुँदैछ छलफल ?

इकागज |
पुस २०, २०८० शुक्रबार ८:२ बजे

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । आज दिउँसो १ बजे केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो ।

राष्ट्रिसभा र विधान संशोधन मस्यौदालगायतको विषयमा छलफल गर्न समाजवादीले सचिवालय बैठक बोलाएको हो ।


नेकपा एमालेले राष्ट्रियसभामा भागबण्डा खोजेको भोलिपल्ट समाजवादीले सचिवालय बैठक बोलाएको हो । आज बस्ने बैठकमा सत्तारुढ गठबन्धनबाट पार्टीले पाउने सिट तथा एमालेले माग गरेको भागबण्डाको विषयमा छलफल हुने समाजवादीका एक नेताले बताए ।

कांग्रेस र माओवादीले राष्ट्रियसभामा एमालेलाई पनि समेटेर लैजाने प्रयास गरेपछि समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हिजोको गठबन्धन बैठकमा असन्तुष्टि जनाएका थिए ।


Author

थप समाचार
x