दल

प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघ

इकागज |
पुस २०, २०८० शुक्रबार १५:३८ बजे

काठमाडौँ - कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । 

सरकार काण्डै काण्डमा फसेको र भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै नेविसंघले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने मागका साथ शुक्रबार सिंहदरबारदेखि बालुवाटारसम्म मार्चपास गरेको हो ।


उनीहरूले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले राज्य आतंक फैलाएको आरोप लगाएका छन् । उनीहरूले बालकुमारी घटनामा सरकारकै कारण दुई युवाहरूको मृत्यु भएको भन्दै सरकार विरुद्ध नाराबाजी गरेका थिए । 

प्रदर्शनमा सहभागीहरूले युवालाई छातीमा गोली होइन रोजगार दे, काण्डै काण्डका नाइके र भ्रष्टाचारीलाई संरक्षण गर्ने प्रचण्ड सरकार राजीनामा दे लेखिएका ब्यानर प्रदर्शन गरेका थिए । 


Author

थप समाचार
x