दल

एमालेले राष्ट्रिय सभाको निर्वाचनमा १९ सिटमै उम्मेदवारी दर्ता गराउने

इकागज |
पुस २०, २०८० शुक्रबार १८:७ बजे

काठमाडौँ- नेकपा एमालेले राष्ट्रिय सभाको निर्वाचनमा १९ सिटमै उम्मेदवारी दर्ता गराउने भएको छ ।‍ पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको एमाले सचिवालय बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारका बारेमा छलफल गर्दै पुष २३ गते १९ सिटै उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको हो ।

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले प्रत्येक क्लस्टरमा तीन जनाको नाम मागिएकोमा सिफारिस भएर आएका नामहरूका बारेमा प्रारम्भिक छलफल भएको जानकारी दिए । उनले सिफारिस भएर आएका नामलाई टुङ्गो लगाएर १९ वटै उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरेको बताए ।


त्यस्तै बैठकले भारतसंग भएका केही सहमतिप्रति पनि असन्तुष्टि जनाएको छ । राष्ट्रियताका प्रश्नमा सत्ताले प्रतिपक्षलाई विश्वास लिएर मात्रै काम गर्नुपर्नेमा त्यसो हुन नसकेकाले भारतसँग भएका सम्झौताका बारेमा जानकारी गराउन सरकारसँग माग गरिएको महासचिव पोखरेलले बताए ।

त्यस्तै सचिवालय बैठकले प्रदेश अध्यक्षबाट बिदा भएकासहित ६ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरिएको महासचिव पोखरेलले जानकारी दिए । 


Author

थप समाचार
x