मधेशी समुदायलाई कांग्रेसले नसमेटेपछि पोखरेलको असन्तुष्टि
फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले राष्ट्रिय सभा निर्वाचनमा मधेशी समुदायलाई पार्टीले टिकट नदिएपछि असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले असन्तुष्टि जनाएका हुन् ।
'नेपाली कांग्रेसले यसभन्दा अगाडि पनि राष्ट्रिय सभामा मधेश बिर्सियो, मन्त्री बनाउँदा पनि मधेश बिर्सियो, खुल्ला मधेशको कोटामा केन्द्रीय सदस्यमा मधेशी मुलकाले नै अरू समुदायलाई निर्विरोध बनाए' पोखरेलले ट्वीट गरेका छन् 'अहिले पनि मधेशी समुदाय बिर्सियो, अनि केन्द्रीय समितिको निर्णय कागजको खोस्टो हो मिडियालाई देखाउन ?'
नेपाली काग्रेसले यस भन्दा अगाडि पनि राष्ट्रिय सभामा मधेश बिर्सियो,मन्त्री बनाउदा पनि मधेश विर्सियो,खुल्ला मधेशको कोटामा केन्द्रीय सदस्यमा मधेशी मुलकाले नै अरु समुदायलाई निर्विरोध बनाए।अहिले पनि मधेशी समुदाय बिर्सियो, अनि केन्द्रीय समितिको निर्णय कागजको खोस्टो हो मिडियालाई देखाउन?
— Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵 (@grpokharel) January 8, 2024
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया