दल

राष्ट्रिय सभा निर्वाचनको टिकट न्यायोचित रूपमा वितरण गर्न असमर्थ भयौँ : नेता कोइराला

इकागज |
पुस २३, २०८० सोमबार २०:३६ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रिय सभा निर्वाचनको टिकट वितरण न्यायोचित रूपमा टिकट वितरण गर्न असमर्थ भएको बताएका छन् । 

सोमबार साँझ सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले सीमित सिटका कारण निष्ठावान्, निःस्वार्थ, योग्य र सक्षम आकांक्षी नेताहरूलाई न्याय गर्न चाहेर पनि सम्भव नभएको बताएका हुन् । उनले न्यायोचित टिकट वितरण गर्न असमर्थ पार्टी निर्णयमा आफूले गल्ती-कमजोरी गरेको भए त्यसलाई स्वीकार्दै सल्लाह र सुझावबाट भविष्यमा अगाडि बढ्ने प्रण पनि लिएकाे उल्लेख गरेका छन् ।


उनले भनेका छन्, 'राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन प्रक्रिया सहज थिएन । कांग्रेस जस्तो लामो इतिहास भएको संघर्षशील पार्टीमा धेरै निष्ठावान्, निःस्वार्थ, योग्य र सक्षम आकांक्षी साथीहरूको सूची लामो थियो । यसर्थ सीमित सिटका कारण पार्टीका साथीहरूलाई न्याय गर्न चाहेर पनि सम्भव भएन । तर, पनि पार्टीमा अवसरको समान वितरण र सबै पक्षको हित स्थापित होस् भन्नेमा हामी निकै चनाखो थियौँ । यति हुँदा हुँदै हामी कति सफल या असफल भयौँ,  पार्टीको वर्तमान ढाँचा, सोच र निर्णय प्रक्रियालाई प्रभावित गर्ने शक्ति के कस्ता छन् भनेर साथीहरूले मनन गर्नुभएको र गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।'

 


Author

थप समाचार
x