आलोचित भएपछि सांसद भण्डारीले भनेः म दुःखी छु, कुनै पनि अपराधका हामी विरोधी हौं
तस्विरः फाइल फोटो
काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले प्रविधिको विकाससँगै मानिसले नियन्त्रित कानुन बनाउन नसकेको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा लेख्दै समाजमा घट्ने घटना र अपराध पनि नयॅा तरिकाले विकसित हुँदा कानुनले पछ्याउन नसकेको उनले बताएका हुन् ।
‘साथीहरू म दुःखी छु दुःखको लागि समान न्याय र अधिकारका लागि लडेका हामी सहयात्री हौं । कुनै पनि अपराधका हामी विरोधी हौं,’ उनले भने ।
भण्डारीले काठमाडौँ जिल्ला अदालतले सन्दीप लामिछानेलाई बलात्कार गरेको ठहर गरेको थियो । अदालतले उनलाई आठ वर्षको सजाय तोकेपछि उनले बलात्कार र प्रेम के हो भनी सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका थिए । उनको सर्वत्र आलोचना भएको थियो ।
‘कानुनले पछ्याउन नसक्दा समाज दण्डहीन भएकाले एउटै घट्ना प्रेम र कहिले बलात्कार हुन्छ,’ उनले भनेका छन्,’ मानिस र समाज तब बलियो हुन्छ जब विवेक र ज्ञानलाई सॅगै लैजान मानिसले क्षमता राख्दछ ।‘
उनले प्रतिक्रिया दिन न विवेक चाहिन्छ न ज्ञान भनेर उल्लेख गरेका छन् । ‘प्रतिक्रियाले केवल तस्विर देखाउँछ जुन म हेरिरहेको छु,’ उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया