दल

ठूला भनिएका दलहरूले संविधान र व्यवस्थाविरुद्धको काम गरे : रवि लामिछाने

इकागज |
पुस २८, २०८० शनिबार १८:३२ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला भनिएका दलहरूले संविधान र व्यवस्थाविरुद्धको काम गरेको बताएका छन् ।

शनिबार काठमाडौँ आयोजित एक कार्यक्रममा सभापति लामिछानेले चुनावमा पराजित भएकालाई चोरबाटोबाट राष्ट्रिय सभामा ल्याउनका लागि ठूला भनिएका दलहरूले संविधान र व्यवस्थाविरुद्धको काम गरेको बताएका हुन् । शासन सत्तालाई आफ्नो मुठ्ठीमा राखेर गठबन्धन दलहरूले राष्ट्रपतिबाट चयन हुने राष्ट्रिय सभा सदस्यमा पनि चुनाव हारेकालाई नै पठाउन खोजेको उनले बताए ।


लामिछानेले अहिलेको व्यवस्थामाथि खतरा र परिवर्तनमाथि प्रहार सत्तारूढ दलले नै गरेको आरोप लगाए । उनले ठूला-ठूला फाइल खोले पनि आफ्ना मान्छेलाई जोगाउनका लागि फाइल नै बन्द गरेको जिकिर गरे ।

राजनीतिलाई सही ठाउँमा ल्याउन योग्य इमानदार युवाहरूलाई स्थान दिनुपर्ने उनको भनाइ छ ।


Author

थप समाचार
x